राष्ट्रपति भण्डारीबाट फिर्ता भएको राहदानी विधेयक अलपत्र

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको राहदानी विधेयक अलपत्र परेको छ । सभामुख कृष्णबहादुर महराले चासो नँदिदा विधेयक अलपत्र परेको हो । राष्ट्रपतिबाट विधेयक फिर्ता आएको दुई साता बितिसकेको छ ।

सभामुख महराले विधेयक कसरी अघि बढाउने भन्ने विषयमा छलफल नै थालेका छैनन् । विधेयक फिर्ता भइसकेपछि सरकार तथा दलका प्रमुख सचेतकसँग छलफल गरेर संसद्को नियमावलीअनुसार अघि बढाउने दायित्व सभामुखको भएको संसद् सचिवालयका एक अधिकारीले बताए ।

‘तर सभामुखबाट कुनै पहल नै भएको छैन,’ उनले भने । अनौपचारिक छलफलबाट कुन प्रक्रियामा लैजाने भन्ने सहमति भएपछि मात्रै विधेयक अघि बढ्ने भएकाले यसमा सभामुखको नै प्र्रमुख हात हुने उनको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् ।