प्रदेश प्रमुख झा पूर्व नगरप्रमुखको घरमा पुगेपछि…

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ प्रदेशका सामाजिक अगुवासँगको भेटघाटमा व्यस्त रहेका छन । प्रमुख झाले पूर्व जनप्रतिनिधि एवं नागरिक अगुवा राजदेव मिश्र (बाबा) लाई भेट्न आज उनको निवास पुगेका थिए । जनकपुरमा वडाध्यक्षदेखि प्रमुखसम्म बनेका राजदेवलाई डा.झाले हिजाे बिहाने विद्यापति चौकस्थित आनंद नगरमा रहेको उनको घर पुग्दा स्थानीयबासीको भीड़ लागेको थियो ।

]प्रदेश प्रमुख डा.झाले बाबा राजदेवसँग जनकपुरको वस्तुस्थिति, उनको राजनीतिक जीवन, जनकपुरधामलाई आधुनिक बनाउने विषयका बारेमा छलफल गरे । मिश्रले जनकपुरधामलाई रामायणकालीन मिथिलाको रूपमा आफूले हेर्न चाहेको बताउँदै जनकपुरको परिक्रमा क्षेत्रभित्र मासु र मद्यपान बिक्री बितरण बन्द गर्न राजदेवले प्रदेश प्रमुख डा.झासँग आग्रह गरेका थिए ।