सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको विमान

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) त्यसतर्फ प्रस्थान गरेको छ ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज बिहान साढे ७ बजे त्यसतर्फ उडेको हो । उक्त विमान शनिबार दिउँसो नै फर्कनेछ ।

निगमको जहाजले शनिबार साँझ नै चीनको बेईजिङको लागि उडान भर्ने छ । बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्टे«टर, ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको छ । सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ ।

ओमानपछि हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने भएकाले प्रतिदिन नै वाइड बडी ए ३३० जहाज बेइजिङ पठाइने छ ।  निगमले अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्थामा राखिएको जनाएको छ । नेपाल सरकारका सम्बद्ध सबै निकायको सक्रियतामा आगामी १०– १२ दिनमा अक्सिजनको समस्या समाधान हुने निगमले विश्वास लिएको छ ।