जसपामा दुई धार : यादव पक्षलाई नबोलाई संसदीय दलको नेतामा महतो चयन

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)को एक खेमाले उपेन्द्र यादव पक्षलाई नबोलाई नेता राजेन्द्र महतोलाई संसदीय दलका नेता चयन गरेको छ । अध्यक्ष महन्थ ठाकुर समूहले बिहीबारै भक्तपुरस्थित एक होटलमा महतोलाई दलका नेता छानेको एक नेताले बताए । ती नेताले होटलको उक्त भेलामा १८ सांसद सहभागी भएको जानकारी दिए ।

यादव पक्षले भने महतोलाई नेता चयन गरेको बारेमा अनभिज्ञता जनाएको छ । संसदीय दलको विधान हुने र त्यो विधान केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने व्यवस्था रहेको यादव पक्षको भनाइ छ ।

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने पक्षमा थिए । ठाकुर र महतो भने प्रधानमन्त्री ओलीका पक्षमा उभिएका हुन् । उनीहरूकै सहयोगका कारण ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।