कंगना रनौतलाई कोरोना संक्रमण

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण भएको छ । शनिबार सामाजिक सञ्जालमार्फत् उनले आफू संक्रमित भएको जानकारी दिएकी हुन् ।

उनी अहिले होम आइसोलेसनमा बसिरहेकी छन् । उनले कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी थिइन् ।

‘मलाई केही दिनदेखि थकाई महसुस भइरहेको थियो । आँखा पोलिरहेको थियो । मैले हिमाञ्चल जानुभन्दा अगाडि कोरोना परीक्षण गराएको थिएँ । आज नतिजा आएको छ । म अहिले घरभित्र नै बसिरहेकी छु ।’ उनले इन्स्टाग्राममा लेखेकी छन् ।

https://www.instagram.com/p/COmVsjTBQ9e/?utm_source=ig_web_copy_link