गैसस (NGO) हरुका निम्ति फण्डरेजिङ्गको संभावना

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं, ६ चैत्र: नेपालका गैरसरकारी संस्थाहरु (NGO) लाई फण्डरेजिङ्ग (कोष संकलन) गर्न सहयोग पुर्याउने उद्देश्यका साथ हालै एक अनलाईन पोर्टल सेवाको सुरुआत गरियो । आईसीए तथा आई.आई.क्यूए नामक संस्थाहरुको संयुक्त पहलमा स्थापिर्त फण्डरेजिङ्ग फर एनजिओ इन नेपाल’कार्यक्रम मार्फत गैससहरुले आफूले सञ्चालन गर्ने विकास कार्यक्रमहरुका निम्ति सहयोग प्राप्त गर्न सक्नेछन् ।


यस बाहेक संस्थाले प्रस्तावना लेखन, कोष सङ्कलन आदि बारे तालिम तथा अन्य सहयोग प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै राष्ट्रिय योजना आयोगका सदश्य मीन ब.शाहीले यस कार्यक्रमको माध्यमबाट गैससहरुले फण्डरेजिङ्ग बारे आफ्नो क्षमता अभिबृध्दि गर्न सक्ने राय व्यक्त गर्नु भयो ।

गैससहरुले सरकारको आवधिक योजनासंग एकीकृत गर्दै आफ्नो कार्यक्रमहरु अधि बढाउन उहाँले सुझाव दिनु भयो । कार्यक्रममा आफ्नो राय व्यक्त गर्दै गैसस महाशघका अध्यक्ष जीत राम लामाले यस किसिमको कार्यक्रममा महाशंघ सहकार्य गर्न उत्सुक रहेको कुरा बताउनु भयो ।

उक्त कार्यक्रममा आईसीए नेपालका अध्यक्ष इशु शुव्वा, आईआईक्यूएका कार्यकारी निर्देशक इनुशा खड्का र बीबी ट्रष्टका कार्यकारी निर्देशक शारदा प्रसाद धितालले आफ्नो राय व्यक्त गर्नु भयो । यो कार्यक्रम नियमित रुपमा सञ्चालन हुने र हरेक शुक्रबार तीन बर्जे फण्डरेजिङ्ग’ बारे वेबिनार गरिने कुरा उहाँहरुले बताउनु भयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार प्रा.डा. तत्व प्रसाद तिम्सिनाले नेपाली गैससका निम्ति फण्डरेजिङ्गको सभावनाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।