देशका धेरैजसो स्थानमा पश्चिमी वायुको प्रभाव

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं : देशका धेरैजसो स्थानमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

दिउँसो देशभरका पहाडी भु–भागको मौसम आंशिक बदली हुनेछ भने गण्डकी, सुदुरपश्चिम र प्रदेश नम्बर १ का पहाडी भेगमा पानी पर्ने संभावना रहेको शाक्यले बताइन्।

काठमाडौं उपत्यकाको मौसम बिहानैदेखि आंशिक बदली रहेको छ। उपत्यकाको न्युनतम तापक्रम आज विहान ८ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर २६ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।