कांग्रेसको पदाधिकारी बैठक बस्दै

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित निवासमा दिउँसो ३ बजे पदाधिकारी तथा पूर्व पदाधिकारीकाे बैठक बोलाएका हुन् ।

पुनःस्थापित प्रतिनिधि सभा बैठकमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन बैठक बोलाइएको बताइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक फागुन २३ मा आह्वान गरेकी छन् । विभाजित नेकपाका प्रचण्ड(नेपाल पक्षले सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।

सभापति देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आए पछि हट्न नहुने बताउँदै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल सरकारमा जान हतार गर्न नहुने पक्षमा छन् ।