रोमाञ्चक जितसहित बार्सिलोना कोपा डेल रे को फाइनलमा

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभियालाई ३-० ले पराजित गर्दै समग्रमा ३-२ को जितसहित बार्सिलोना फाइनलमा पुगेको हो ।

खेलको ११ औं मिनेटमा ओस्माने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ७३ औं मिनेटमा सेभियाले पेनाल्टीको अवसर पाएपनि गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल पारे । खेलको इन्जुरी समयमा फेर्नान्डोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटियो ।

त्यसपछि इन्ज्युरी समयको चौथो मिनेटमा जेरार्ड पिकेले हेडर गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको ९५ औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरेपछि बार्सिलोना ३०ले विजयी बन्यो । १०३ औं मिनेटमा लुक डी जोङले रातो कार्ड पाएपछि सेभिया ९ खेलाडीमा समेटिएको थियो ।

अब बार्सिलोनाले उपाधिका लागि एथ्लेटिक बिल्बाओ र लेभान्टेबीचको विजेतासँग खेल्नेछ ।  पहिलो लेगको खेलमा बिल्बाओ घरेलु मैदानमा १-१ को बराबरीमा रोकिएको थियो । दोस्रो लेग बिहीबार हुँदैछ ।