म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युनाईटेड क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

क्रिस्टलको मैदानमा भएको खेलमा युनाईटेडले अग्रता लिने सुवर्ण अवसरहरु पाएको थियो । तर, क्रिस्टलका डिफेण्डरह घातब बन्दा  युनाईटेड चुक्यो । मौकालाई सदुपयोग गर्न सकेन र अन्त्यमा अंक बाँड्न पुग्यो ।

बराबरीसँगै युनाईटेड उपाधि यात्रामा झनै कमजोर बनेको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दुरी कम गर्ने मौका गुमाएको छ । युनाईटेड सिटी भन्दा १४अंकले पछि परेको छ । सिटीको २७ खेलबाट ६५ अंक हुँदा  युनाईटेडको ५१अंक छ । क्रिस्टल भने ३४ अंक जोडेर १३ औं स्थानमा छ ।