म्यानमारमा एकैदिन ३८ प्रदर्शनकारी मारिए

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : म्यान्मारमा एकैदिन सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जना मारिएका छन् । सुरक्षा फौजले बुधबार विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाउँदा कम्तीमा ३८ जना मारिएका हुन् । हालसम्म कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते बताइएकाे छ ।

बीबीसीका अनुसार निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेका छन् । जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै रक्तपातपूर्ण दिन भनेको छ। बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ।

आङ सान सू ची लगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाएर  सेनाले सत्ता हातमा लिएपछि म्यान्मारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्।