प्रचण्ड–नेपाल पक्षको स्थायी र केन्द्रीय समिति बैठक बुधबार बस्ने

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा सक्कल नागरिकता र पार्टीको परिचय–पत्र सहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ ।

संसद् पुनस्र्थापना भएसँगै संसद् बैठकको मिति नजिकिँदै गएको छ । सरकारले २३ फागुनमा बैठक बोलाउन सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाएर नयाँ सरकार गठनको प्रयासमा रहेको प्रचण्ड–नेपाल पक्षले आन्तरिक छलफललाई तीव्र पारेको हो ।