मोदीले लगाए कोरोनाविरुद्धको खोप

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा उनले कोरोनाविरुद्धको खोप लगाएका हुन् । उनले भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् ।

खोप लगाएको तस्विर सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा भनेका छन्, ‘म सबैलाई अपील गर्दछु जो खोप लिन योग्य छन्। हामी सबै मिलेर भारतलाई कोभिड-१९ मुक्त बनाऔं !’ भारतमा आजदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन सुरू गरिएको छ ।