प्रधानमन्त्री ओली झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् ।

झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली आइतबार झापा जान लागेका हुन् । उक्त औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ ।

यस्तै, रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ । उनी काठमाडौंबाट हवाईजहाजमार्फत बिहान १० बजे भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम छ। उनी आजै काठमाडौं फर्कनेछन्।