भद्रकालीमा आज विहान बस दुर्घटना, चालकको अवस्था गम्भीर

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : काठमाडौंको भद्रकालीमा आज विहान बस दुर्घटना भएको छ ।

भद्रकालीस्थित आकाशे पुल मुनी बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटना भएको हो । बिहानको समयमा तीव्र गतिका कारण अनियन्त्रित भइ बस पल्टेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी २ जना घाइते भएका छन् । दुर्घटनामा चालक र एक जना बच्चा घाइते भएका हुन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको बताइएको छ । बस पल्टिएपछि उक्त रुटसमेत प्रभावित बनेको छ।