प्रचण्ड स्वदेश फर्कंदै

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् ।

पत्नी सिता दाहालको उपचारका लागि भारत गएका अध्यक्ष प्रचण्ड शनिबार साँझ स्वदेश फर्किन लागेको उनको सचिवालयले जनाएको छ ।

पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बइ गएका थिए । सीतालाई उपचारकै क्रममा छोडेर प्रचण्ड स्वदेश फर्कन लागेको बताइएको छ । सीतासँग उनका छोरीहरु छन् ।

सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।