ट्रम्प समर्थकद्वारा संसद् भवनमा हङ्गामा : गोली चल्दा महिलाको मृत्यु, वासिङ्टनमा कर्फ्यू

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेका छन् ।

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न लागिरहँदा ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका आक्रमण गरेका हुन् ।

ट्रम्पका समर्थक अन्धाधुन्ध आक्रमणमा उत्रिएपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन गोली चलाएको छ । घटनामा एक महिलाको मृत्यु भएको वासिङ्टन पोष्टले जनाएको छ ।

ट्रम्पका समर्थकहरूले क्यापिटल बिल्डिङ बाहिर गरिएको तारबार तोडेका थिए। क्यापिटल प्रहरीले बिल्डिङभित्र प्रवेश गरेका १३ जनालाई हिरासतमा लिइएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।