रोनाल्डोको गोलमा युभेन्ट्स विजयी

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले उडिनेजेविरुद्ध ४-१ गोल अन्तरको जित निकालेको हो ।

घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोलमा युभेन्ट्सले सहज जित आत्मसात गरेको हो ।

खेलको ३१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४९ औं मिनेटमा फेड्रिकोले गोल गर्दा युभेन्ट्सको अग्रता २-० को बन्यो ।

खेलको ७० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३-० को अग्रता दिलाए । यता, ९० औं मिनेटमा मार्भिनले गोल गर्दै उडिनेजेलाई ३-१ को स्थितिमा ल्याए ।

तर, खेलको इन्जुरी समयमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई ४-१ को जित दिलाए ।

जितसँगै युभेन्ट्सले १४ खेलमा २७ अंक जोडेको छ । साथै, युभेन्ट्स लिगको पाँचौं स्थानमा उक्लिएको छ ।

उडिनेजे १५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।