एस्टन भिल्लामाथि युनाईटेडको जित

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं : प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले एस्टन भिल्लालाई पराजित गरेको छ ।

शुक्रबार घरेलु मैदानमा युनाईटेडले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडको जितमा एन्थोनी मार्टियल र ब्रुनो फर्नान्डेजले गोल गरे । पाहुना टोलीका बट्र्रेन्ड ट्रेयरले एक गोल फर्काएका थिए ।

जित सहित युनाईटेडले शीर्ष स्थानको लिभरपुलसंग अंक बराबरी गरेको छ ।

फर्नान्डेजले यस सिजन ११ गोल गरेका छन् । जसमा ५ गोल पेनाल्टीमा भएको छ । फर्नान्डेजको पेनाल्टी गोलमा युनाईटेडले खेल नियन्त्रणमा लिएको थियो ।

पाउल पोग्बालाई ड्युगलस लुईजले डि–बक्सभित्र लडाँएपछि युनाईटेडले पेनाल्टीको अवसर पाएको थियो । जसमा फर्नान्डेजले गोल गरे ।

खेलमा अग्रता मार्टियलले हेड गोल मार्फत दिलाएका थिए । विन विसाकाको क्रसमा मार्टियलले युनाईटेडलाई सुरुवाती अग्रता दिलाए ।

दोस्रो हाफमा ट्रेयरले पाहुना टोलीका लागि बराबरी गोल फर्काए । डिबक्सभित्र प्राप्त बललाई ट्रेयरले गोलमा परिणत गरेका थिए ।

जितसँगै युनाईटेडले लिभरपुलसँग अंक बराबरी गरेको छ । एस्टन भिल्ला २६ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।