ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

गुल्मी : गुल्मीमा शनिबार राती ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्युभ एको छ ।

ट्रकको ठक्करबाट रेसुङ्गा नगरपालिका वडानम्बर-१३ का २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

बुटवलबाट खाद्यन्न बोकेर तम्घासतर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर-१३ भगारीस्थित मसिने खोलामा ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।