फिल्म ‘सत्यमेव जयते २’ सुटिङमा जोन घाइते

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : बलिउड अभिनेता जोन अब्राहम आजकल भारतको वाराणसीमा फिल्म सत्यमेव जयते २ को सुटिंगमा ब्यस्त छन् । एक्सन प्रधान उक्त फिल्मको शूटिंगका क्रममा जोनले भने ठुलो सकस झेल्नु परेको छ । जोनलाई फिल्मको सुटिंगको क्रममा स्टन्ट गर्दा दाहिने हातको हत्केलामा चोट लागेको छ ।

जसका कारण फिल्मको सुटिंग रोकेर उनलाई अस्पताल पुर्याइयो । चिकित्सकका अनुसार उनलाई गम्भिर चोट नलागेको भए पनि केहीदिन उनले आराम भने गर्नुपर्नेछ । जोन घाइते बनेको खबर बाहिरिएपछि उनका फ्यान अस्पतालबाहिर पुगेका थिए ।

सत्यमेव जयते २ जोनको सन् २०१८ मा रिलिज भएको फिल्म सत्यमेव जयतेको सिक्वेल हो । फिल्ममा जोन प्रहरीको भुमिकामा रहनेछन् । जसले भ्रष्टाचार विरुद्ध संघर्ष गर्नेछ ।