‘छक्का पन्जा–३’ युट्युबमा सार्वजनिक

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं : दिपाश्री निरौलाद्वारा निर्देशित ‘छक्का पन्जा–३’ सार्वजनिक भएको छ । हाइलाइट्स नेपालको युट्युवमार्फत फिल्म बुधबार साँझ सार्वजनिक भएको हो ।

फिल्म सार्वजनिक भएको २४ घन्टा पनि नबित्दै युट्युव ट्रेन्डिङमा आउन समेत सफल भएको छ । फिल्मले ६ लाख बढी दर्शक पाउँदै युट्युव ट्रेन्डिङको आठौं स्थान ओगट्न सफल भएको हो ।

फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला फिल्ममा अतिथि भूमिकामा देखिएका छन् ।