दलित तथा विपन्नलाई खाद्यान्न

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका वडा नम्वर ३ बरगाउँका विपन्न तथा दलित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सोही वडाका तोर्पा गाउँका प्रेम दोर्जे लामाले व्यक्तिगत सहयोग तथा छिरिन पाल्देन लामाको सहकार्यमा मङ्सिर १४ गते खाद्यान्न वितरण गर्नुभएको हो ।

कोभिड १९ का कारण केही राहत होस् भन्ने भनेर बरगाउँका ४३ दलित तथा अति विपन्न वर्ग, पिछडिएका व्यक्तिलाई खाद्यान्न सहयोग गरिएको छिरिन पाल्देन लामाले बताउनुभयो । उक्त गाउँका प्रतिघरलाई २५ किलो चामल वितरण गरिएको लामाले बताउनुभयो ।

हुम्लाबाट पहिलो सगरमाथा आरोही प्रेम दोर्जे लामाले मङ्सिर १४ गते नेपालगञ्जबाट हवाइजहाज मार्फत चामल ढुवानी गरी गाउँमा सो सहयोग गर्नुभएको हो । देशभर कोभिड १९ शुरु भएदेखि नै बरगाउँका दलितलाई खानाको समस्या हुने भएपछि आफूले सानो सहयोग गरेको लामाले बताउनुभयो ।