आज कति छ सुनचाँदीको मूल्य ?

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी तोलाको एक हजार २ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।