मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

डोटी : मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेकी छन् ।

डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से५प ९४६९ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो ।

दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उनको उपचारकै क्रममा आज मृत्यु भएको प्रहरी पोष्ट पिपल्ला बजारका प्रमुख तथा प्रहरी सहायक निरीक्षक खेमराज भट्टले जानकारी दिए ।

ठक्कर दिने मोटरसाइकल घटनास्थलमै छाडी चालक भागेकाले फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।