बराबरीमा रोकियो युभेन्ट्स

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा युभेन्ट्स लाजियोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

लाजियोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकिएको हो ।

पहिलो हाफको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले जुवानको पासमा गोल गरेका थिए ।

तर, खेलको इन्जुरी समयमा फिलिपे सियासेडोले गोल गर्दै लाजियोलाई हारबाट जोगाए ।

बराबरीसँगै तेस्रो स्थानको युभेन्ट्सले ७ खेलमा १३ अंक जोडेको छ । युभेन्ट्स लिग लिडर एसी मिलान भन्दा ३ अंकले पछि रहेको छ ।

लाजियो ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।