सुनील सेट्टीलाई ‘भारत रत्‍न डा. अम्बेडकर’ अवार्डले सम्मानित

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : बलिउड अभिनेता सुनील शेट्टीलाई प्रतिष्ठित ‘भारत रत्न डा अम्बेडकर पुरस्कार’बाट सम्मानित गरिएको छ ।

उनलाई कोभिड-१९ महामारीमा राहत बाँडेर गरेको योगदानका लागि यो पुरस्कारबाट सम्मानित गरिएको हो ।

महाराष्ट्रका गभर्नर भगतसिंह कोश्यारीले शनिवार साँझ राजभवनमा पुरस्कारबाट शेट्टीलाई सम्मान गरेका हुन् । सम्मान समारोहमा २५ मात्र सहभागी थिए ।

शेट्टीले महिला सशक्तीकरण, पशु कल्याणका लागि जागरूकता बढाउने तथा लकडाउनका क्रममा मुम्बईका डब्बावालाहरुलाई सहयोग गरेका थिए ।