जिप दुर्घटनामा सल्यानमा तीनको मृत्यु

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

सल्यान : जिप दुर्घटनामा सल्यानमा तीन जनाको मृत्यु भएको छ।

शनिबार दाङको तुल्सीपुरबाट रोल्पाको सुक्खाओढार जाँदै गरेको लु१ज २९११ नम्बरको डबल क्याप जिप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा दुर्घटना भएको हो। जहाँ रोल्पाका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

ज्यान गुमाउनेमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भीम बहादुर वली, सोही ठाउँका १७ वर्षीय भीमराज बुढा र गंगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गञ्जजबहादुर बुढा रहेका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए।

गाडीमा सवार अन्य ४ जना भने हामफालेर बाँच्न सफल भएका बताइएको छ। गाडी सडकबाट एक सय मिटर तल खसेको थियो। घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ।