प्रमोद र अन्तराको गीत ‘नीरमाया’को भिडियो सार्वजनिक

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं : गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको स्वरमा रहेको गीत ‘नीरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ शैलीको यस गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्। युवा–युवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ।

शुभम् भुजेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाकन गरेका हुन्। भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। निकाश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।