फ्रान्सले क्रोएसियालाई हरायो

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : यूईएफए नेसन्स लिग फुटबलमा विश्व विजेता फ्रान्सले क्रोएसियालाई हराएको छ ।

गएराति भएको खेलमा फ्रान्सले विश्व उप विजेता क्रोएसियालाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको आठौं मिनेटमा एन्टोनी ग्रिजम्यानले फ्रान्सलाई अग्रता दिलाएका थिए ।

एभर्टनका पूर्व खेलाडी निकोला व्लासिकले ६४ औं मिनेटमा क्रोएसियाका लागि बराबरी गोल फर्काएका थिए ।

केलियन एम्बाप्पेले ७९ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई जित दिलाएका थिए । खेल सकिन ११ मिनेट अघि एम्बाप्पेले १६ औं अन्तराष्ट्रिय गोल गर्न सफल रहे ।

समूह ए थ्रीमा अपराजित फ्रान्सले ४ खेलबाट १० अंक जोडेको छ । क्रोएसिया ३ अंक सहित तेस्रो स्थानमा छ ।