रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलको शानदार जित

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रिएको पोर्चुगलले स्विडेनलाई ३–० ले हराएको हो ।

कोरोना भाईरसको संक्रमण देखिएपछि रोनाल्डो आईसोलेसनमा बसेका छन् ।

पोर्चुगलको जितमा म्यान्चेष्टर युनाईटेडका बर्नार्डो सिल्भा एक र लिभरपुलका फरवार्ड डिएगो जोटाले दुई गोल गरे ।

खेलको २१ औं मिनेटमा जोटाको पास सदुपयोग गर्दै सिल्भाले पोर्चुगललाई अग्रता दिलाएका थिए ।

४४ औँ मिनेटमा जोटाले पोर्चुगलको अग्रता दोब्बर बनाए । ७२ औँ मिनेटमा विलियन कार्भाल्होको पासलाई सदुपयोग गर्दै जोटाले पोर्चुगललाई ३–० को अवस्थामा पुर्याएका थिए ।

समूह ए थ्रीको शीर्ष स्थानमा रहेको पोर्चुगल अपराजित रहदै १० अंक जोडेको छ । स्विडेन भने अंक विहिन बनेको छ ।