बीपी प्रतिष्ठान धरानमा थप एक संक्रमितको मृत्यु

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ ।

तेह्रथुम घर भएका ४९ वर्षीय पुरुषको बुधबार साँझ ७ बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशीष श्रेष्ठले बताए ।

धनकुटा अस्पतालबाट असोज २५ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएका उनमा निमोनिया देखिएको थियो ।

योसँगै प्रतिष्ठानमा ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।