माइजोगमाईमा आलु भण्डारण केन्द्र स्थापना

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

इलाम : इलामको माईजोगमाई गाउँपालिका—१ मा आलु भण्डारणका लागि रष्ट्रिक स्टोर स्थापना गरिएको छ । गाउँमा आलु भण्डारण गर्ने ठाउँ नहुँदा समस्या भएपछि स्थानीय कालिका कृषि सहकारी संस्थाले आलु भण्डार (रष्ट्रिक स्टोर)को स्थापना गरेको हो ।

कृषि अनुसन्धान केन्द्र जौबारीको रु २० लाखको लागतमा निर्माण भएको सो स्टोरमा सहकारीमार्फत स्थानीयले उत्पादन गरेको आलु राखिने छ । रष्ट्रिक स्टोरमा १०० टनसम्म आलु भण्डारण गर्न सकिने सहकारीले जनाएको छ । सो क्षेत्र आलु उत्पादनमा अग्रणी क्षेत्रको रुपमा परिचित छ ।

आलु राख्नकालागि निर्माण भएको स्थानले किसानलाई राहत मिलेको किसानले बताएका छन् । गाउँपालिका अध्यक्ष जीतबहादुर राईले आलुमा आत्मनिर्भर हुन जौवारी कृषि अनुसन्धान केन्द्रसँग समन्वय गरी अघि बढिरहेको समेत बताउनुभयो । उहाँले सहकारिताको माध्यमबाट कृषि क्षेत्रमा लगानी बढाउँदै सहकारीलाई विशेष अनुदानको व्यवस्था गर्न गाउँपालिका तयार रहेको उल्लेख गर्नुभयो ।