विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : विश्वकप छनोटमा अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हराएको छ ।

गएराति भएको खेलमा अर्जेन्टिनाले छनोट चरणको दोस्रो खेलमा बोलिभियालाई हराएको हो ।

खेलमा मार्सेलो मोरिनोले २४ औं मिनेटमा बोलिभियालाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफको अन्तिम मिनेटमा लौराटो मार्टिनेजले अर्जेन्टिनाका लागि बराबरी गोल गरे ।

७९ औँ मिनेटमा मार्टिनेजको पासलाई सदुपयोग गर्दै जोकिन कोरीले अर्जेन्टिनाका लागि विजयी गोल गरे ।

समूह चरणमा अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ ।