अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने सरकारको निर्णय

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं : सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै बैठकले मानवअधिकारसम्बन्धी ५ वर्षीय कार्ययोजना पारित गरेको उनले बताए ।

यसैगरी सरकारले नेपालीहरुको ठूलो चाड दशैँ यथास्थानमा मनाउन आह्वान गर्ने समेत निर्णय गरेको उनले बताए ।

‘दशैँ यथास्थानमा मनाउनका लागि सार्वजनिक आह्वान गर्दै सरकारले विज्ञप्ति जारी गर्नेछ,’ उनले भने ।