अनसनरत डा गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : अनसनरत डा गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ ।

२७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच शनिबार राति १२ बजे ८ बुँदे सहमति भएको हो ।

सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ । योसँगै २७ दिनदेखि आमरण अनसनरत डा. केसीले आइतबार अनसन अन्त्य गर्ने बताइएको छ ।

चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा. केसीले भदौ २९ गते जुम्लाबाट अनशन शुरु गरेका थिए । डा. केसीले हाल त्रिवि शिक्षण अस्पतालमै अनशन जारी राखेका छन् ।

समझदारी पत्र :-