रोनाल्डोको दुई गोल, युभेन्ट्स बराबरीमा रोकियो

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा युभेन्टस बराबरीमा रोकिएको छ ।

आईतबार राति सिरि ए अन्तर्गत भएको खेलमा १० खेलाडीमा सिमित युभेन्ट्सले रोमासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हो ।

खेलमा जोर्डन भेरेटाउटले ३१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए ।

रोनाल्डोले पनि पेनाल्टीमै ४४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा भेरेटाउटले दोस्रो गोल गर्दै रोमालाई २–१ ले अघि बढाएका थिए ।

६९ औं मिनेटमा रोनाल्डोकै गोलमा युभेन्ट्स खेलमा फर्कियो । ड्यानिलोको क्रसमा रोनाल्डोले हेडमार्फत युभेन्ट्सका लागि बराबरी गोल फर्काएका थिए ।

एड्रियन राबोट ६२ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा सिमित बनेको थियो ।

आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्ट्सले दोस्रो खेल खेलेको हो । उसले पहिलो खेलमा साम्पोडियालाई ३–० ले हराएको थियो ।