पाकिस्तानको सिन्धमा सडक दुर्घटना, १३ जनाको मृत्यु

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : पाकिस्तानको सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको छ ।

प्रहरी अधिकारीहरुका अनुसार कराँची–हैदराबाद राजमार्गमा शनिबार एउटा यात्रुबाहक भ्यान दुर्घटना भएको हो । भ्यानमा कम्तीमा २० जना सवार रहेको बताइएको छ ।

अर्को सवारी साधनलाई ठक्कर दिएपछि यात्रुबाहक भ्यान सडकभन्दा तल खोँचमा खसेको प्रहरीले जनाएको छ । भ्यानमा जडित सिएनजी सिलिन्डरमा आगो लागेर बिस्फोट भएका कारण ठूलो क्षति भएको प्रहरीको भनाई छ ।

प्रहरी उपरीक्षक नाजर मुहम्मद डिशाकका अनुसार आगोले धेरै व्यक्तिको शरीर नराम्रोसँग जलेको पाइएको छ । स्थानीय प्रहरीले भ्यानका चालक सहित सात जना बाँच्न सफल भएको जनाएको छ ।