यस वर्ष मत्स्यनारायण मेला संचालन नहुने

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

कीर्तिपुर : चन्द्रागिरी नगरपालिका वडा नं ९ ले मच्छेगाउँस्थित मत्स्यनारायण मेला संचालन नहुने भएकाे छ । यस वर्ष पुरुषोत्तम मास असाेज २ गते शुक्रबारदेखि शुरु हुँदैछ ।

तीनवर्षमा एकपटक एकमहिनासम्म चल्ने यस मेला काेराेना भाइरसका कारण संचालन हुन सम्भव नभएकाे बताइएकाे छ ।

बुधबार एक सूचना जारी गरी वडा अध्यक्ष देबेन्द्र महर्जनले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्ताे निर्णय भएकाे बताएका छन ।