पल शाहको प्रेममा वर्षा शिवाकोटी

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ । गायक किशोर शिवाकोटीको स्वर रहेको पर्ख तिमीलाई बोलको गीत युट्यूबमा सार्वजनिक गरिए लगत्तै चर्चामा आएको छ।
प्रेम, रोमान्स र वैँशालु उमेरमा एक युवक र युवतीले देखाउने उत्ताउलोपना र त्यसभित्र लुकेको मायालाई भिडियोमा देखाउन खोजीएको छ । जहाँ मायालुले चाहेर नचाहेर यौवन छल्काइरहेका दृश्य हेर्ने पाठकलाई मज्जाले छुनेगरी भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीलाई निर्देशक निकेश खड्काले प्रस्तुत गरेका छन् ।

सत्य स्वरुप आचार्यको संगीत र एकनारायण भण्डारी शब्द रचना रहेको गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीले अभियन गरेका छन्। गायक शिवाकोटी अमेरिकामा रहँदै आएका एक कुशल गायक हुन् । उनले गुडी जाने रेल, आमा तिमी कहाँ छौ, गुराँश फुल्यो बनैमा, लगायतका चर्चित गीतहरु सार्वजनिक गरिसकेका छन्। गायक शिवाकोटी अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा सक्रीय रहँदै आएका छन्।