प्रिमियर लिगमा एभर्टनको विजयी सुरूवात

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा एभर्टनले टोटेनहमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनका लागि खेलको ५५औँ मिनेटमा डोमिनिक लेविनले गरेको गोल नै निर्णायक बन्यो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा डोमिनिकले हेडमार्फत गोल गरेका थिए । जीतसँगै एभर्टनले ३ अंक बटुलेको छ ।