दिल्लीमा जनस्वास्थ्यका मापदण्ड पालना गराउन प्रहरी परिचालन गरिने

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

नयाँ दिल्ली: नयाँ दिल्लीको प्रहरीले यहाँको सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड पालना गरे नगरेको कडाइका साथ अनुगमन गर्ने भएको छ ।

यसका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिने भएको दिल्ली प्रहरीले बुधबार जानकारी गराएको समाचारमा जनाइएको छ ।

दिल्लीमा रहेका हरेक प्रहरी युनिटमा कोभिड–१९ को महामारी नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने र सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गराउने बारेमा एक प्रहरी टिम परिचालन गरिने भएको हो ।

दिल्लीको प्रहरीले सो कुराको जानकारी दिएको छ । कोभिड–१९ को नियन्त्रणका लागि सरकारले लागू गरेका मापदण्डहरु पालना गराउन प्रहरी खटाइने सो प्रहरीले जानकारी गराएको हो ।

हाल दिल्लीमा मात्र २२ हजार ३७७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका बताइएको छ ।