काजु किन खाने ?

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

खानपिन: ड्राइ फ्रुटको राजा मानिने काजु खर्चको हिसाबले महँगो ड्राइ फ्रुट हो । यसलाई हरकोहिले किनेर खान सक्दैनन् । तर महँगो भए पनि काजुका फाइदा भने अनगिन्ती छन् ।

दैनिक २/३ वटा काजुको सेवन गर्दा पनि यसले स्वास्थ्यमा निकै लाभदायक पुर्याउँछ ।

काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियम लगायतका पोषक तत्व पाइन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ ।

यस अलावा यसमा बिभिन्न भिटामीन, क्याल्सियम लगायतका तत्व समेत पाइन्छ । जसले शरीरमा अनेकौं प्रकारको लाभ पुर्याउँछ । यस्तो छ काजु सेवनबाट हुने फाइदाहरु :

१. बिना परिश्रम थकान महसुस भएमा काजुको सेवनले शरीरमा ऊर्जा प्राप्त हुन्छ ।
२. काजुमा भिटामिन बी प्रचुर मात्रामा पाइन्छ यसले दिमाग तेजिलो बनाउँछ ।
३. युरीक एसिडमा काजुको सेवन गर्न मिल्दछ, यसले युरिक एसिड फर्मेसन हुँदैन ।
४. नियमित काजु खाँदा रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ ।
५. नियमित बिहान काजु खाँदा कोलेस्टेरोलको मात्रा नियन्त्रित हुन्छ ।
६. काजुको नियमित सेवनले हड्डी तथा दाँत बलियो बनाउँछ ।
७. काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ त्यसैले काजु खादाँ अनुहार चम्किलो हुन्छ ।
८. काजुको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।