बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं : बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेको छ।

मंगलबार एनसीबीको टोलीले पक्राउ गरेको न्युज एजेन्सी एएनआईले नार्कोटिक्स कन्ट्रोल ब्युरोको डिपुटी डायरेक्टर केपीएस मल्होत्रालाई उद्धृत गर्दै पुष्टि गरेको छ ।

रियालाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो।

यसअघि उनका भाइ शौविक चक्रवर्तीलाई एनसीबीले पक्राउ गरिसकेको थियो ।