स्वार्थी दुनिया

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

तैले त भनन्थिस
केही पर्यो त जीवनमा
मलाई बस् एकचोटी समझी ।

मैले नि सोचे
यस्तो सन्सारमा
जेहोस् मेरो नि छ
एउटा साथी बालापनको ।

ढुक्क हुन्थे म
साथ जो छ उस्को
सोच्थे म ।

उस्को लागि जतिबेला
पनि पुग्थे म ।
उस्को अधेरी रातमा
होस्की गोधुली साँझमा ।

दुख कस्को दैलोमा
नआएको हो र।
तर ढुक्क थिए म
साथ छ उस्को
सोच्थे म ।

पहिलो दिन नि आएन
मेरो दुखमा
भ्याएन होला
अर्को दिन त
पक्कै आउछ सोच्थे म।

(विश्वास थियो
कहा सजिलै जान्थ्यो ।)*२

सारा दुनिया आए
आश्वासन दिन
साँचो होकि झुटो
पत्तो थिएन ।
तैनि मलाई वास्ता थिएन।

जस्को खाचो थियो
मेरो बालापनको साथी
कही पनि भेटिन।

एकादेशको कथा भयो
कता हरायो
कैले गुमाए
पत्तो थिएन ।

आखिर मेरो लागि
उ कहिल्यै थियोकी
म मात्र थिए
उस्को लागी।

-समिता लामिछाने
काठमाडौँ