कोरोनाविरूद्धको चिनियाँ खोप थप ४ देशमा परीक्षण गरिने

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : कोरोना भाइरसविरूद्ध चीनले तयार पारेको खोप थप ४ देशमा परीक्षण हुने भएको छ ।

चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडले शनिबार थप चार देशले कोरोना भ्याक्सिनलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमती दिएको बताएका छन् ।

सर्बिया र पाकिस्तान ट्रायलको तेस्रो चरणका लागि सहमत हुने देशको सूचीमा समावेश छ भने अन्य दुईले कम्पनीबाट थप डाटा माग गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

सिएनबीजीको तेस्रो चरणको ट्रायलमा १० देशका करिब ५० हजार मानिसहरु समावेश हुने अपेक्षा गरिएको छ ।

यसअघि संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा यसको ट्रायल सुरु भइसकेको छ ।