कर्मचारीमा कोरोना पुष्टि भएपछि वाणिज्य बैंक एक हप्ताको लागि बन्द

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौँ : बैंकमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाको सेवा एक साताका लागि बन्द गरिएको छ ।

प्रदेश अस्पताल र पशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा शुक्रबार बैंकको नगद शाखामा कार्यरत एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित कर्मचारी अहिले आइसोलेसन बसिरहेको प्रबन्धक लीलाराम ढुङ्गानाले बताए । पूरै कार्यालय सानिटाइज गर्नुका साथै कम्तीमा एक साता बैंक बन्द रहने सूचना जारी गरिसकेको छ । पाँच दिनपछि बैंकका अन्य कर्मचारीको स्वाब सङ्कलन गर्ने र रिपोर्ट ‘नेगेटिभ’ आएपछि मात्र सेवा पुनः सञ्चालन गरिने उनले बताए ।