भान्छाको सजावट गर्ने तरिका

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : यसै पनि नेपालका अधिकांश महिलाहरूको धेरै समय भान्छामा वितिरहेको हुन्छ । त्यसमाथि लकडाउनका कारण अहिले त धेरै पुरुषहरु र परिवारका सदस्यहरुको नै भान्छामा वितिरहेको हुन्छ ।

भनिन्छ, खाना मिठो हुनुमा केवल पाक कलाको मात्रै भूमिका हुदैन । भान्छाको सजावटको भूमिका हुन्छ । सजावट राम्रो छ भने मानिसको दिमागमा सकारात्मक उर्जा प्राप्त हुन्छ र नमिठा वा सामान्य खानााहरु पनि उसलाई रुचिकर लाग्छ । भान्छाको सजावट राम्रो नभए पनि जति मिठो खाना भए पनि मानिसको मानसिकतामै त्यस्ले नकारात्मक असर पार्छ र खाना रुच्दैन ।

त्यसो भए भान्छाको सजावट कसरी गर्ने त ? त्यसका केही विधि र तरिकाहरु छन्, ती हुन्ः

अनौठा कप तथा चम्चाको प्रयोग
भान्छामा आउने आगन्तुकहरूको सबैभन्दा बढी ध्यान कप, डाडु, पन्यू, चम्चा, प्लेट आदिमा जान्छ । सामान्य डिजाइनको सट्टा यिनको प्रयोगले केही अनौठा डिजाइन बनाएर सबैको ध्यान आकर्षित गर्न सकिन्छ ।

खाद्य सामग्री राख्ने भाँडा
कुनै सामग्री खरीद गर्दा आउने डिब्बाको जथाभावी प्रयोग गर्दा भान्छा राम्रो देखिदैन । यसको सट्टा अलगअलग डिजाइन र साइजका डिब्बामा खाद्य सामग्री राख्दा किचेन झन् व्यवस्थित तथा आकर्षक देखिन्छ । सिसाका डिब्बा यसका लागि उत्कृष्ट मानिन्छ ।

उत्कृष्ट डिजाइनका डिनर सेट्स
भान्छा सजाउन डिनर सेटको भूमिका महत्वपूर्ण हुन्छ । यदि तपाईंको किचेनको कुनै कलर थिम छैन भने भित्ताको रङको विपरीत रङका सेट्स खरीद गरेर सजाउंदा भान्छामा तपाईको मात्र होइन, भान्छामा बसेर खाने जो कसैको पनि मनमा सकारात्मक उर्जा प्राप्त हुन्छ ।

एउटा ‘शो पिस’ राख्नुहोस्
आफ्नो भान्छामा तपाईं एउटा यस्तो सामग्री राख्न सक्नुहुन्छ, जसले आगन्तुकहरूको ध्यान खिचोस् । यसमा महँगा वस्तुको आवश्यकता पर्छ भन्ने छैन । एउटा फूलदानी नै यसका लागि पर्याप्त हुन सक्छ ।

भित्ताहरूको रङ
तपाईंको किचेनमा उज्यालो रङ लगाइएको छ भने पक्कै पनि यसले भान्छा ठूलो देखिन्छ । यदि भित्ताहरू छिटोछिटो फोहोर भएको जस्तो महसुस गर्नुभएको छ भने वासेबल रङको प्रयोग गर्नु राम्रो हुन्छ ।

फर्निचर तथा दराज
भान्छाका लागि फर्निचर तथा दराज खरीद गर्नुभन्दा पहिले निकै सोंच विचार गर्नुपर्छ । तपाईंको किचेनअनुसार जुन सामान राम्रो देखिन्छ, त्यही सामान किन्नुपर्छ । किन्न लागेको दराजमा सामान राख्ने प्रशस्त ठाउँ हुनुपर्छ, ता कि किचेनमा सामग्रीहरू यताउता राख्नु नपरोस् । किचेन चम्काउन यो पनि एउटा सृजनात्मक तरीका हो ।