चीनमा बुद्धको भीमकाय मूर्तिको पाउसम्म बाढी

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल बायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

एजेन्सी : दक्षिण पश्चिम चीनको यात्जी खोलामा बाढी आएपछि जोखिममा रहेका एक लाखभन्दा बढीमा मानिसको उद्धार गरिएको छ ।

त्यहाँको १२०० वर्ष पुरानो विश्व सम्पदा क्षेत्र नै बाढीको चपेटामा परेको छ ।

प्रहरी, स्वयंसेवक तथा कर्मचारीहरुले ७१ मिटर अग्लो बुद्धको लेसन विशाल मुर्ति जोगाउन बालुवाका थैलीहरुको प्रयोग गरेका छन् ।

सिचुवान प्रान्तको यो क्षेत्र युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । सन् १९४९ बाट यता पहिलोपटक हिलोसहितको बाढी आएको चिनियाँ सञ्चारमाध्यम सिसिटिभीले जनाएको छ ।

बुधबारसम्म सिचुवानमा खतराको स्थिति कम भएको थियो तर पछि बुद्धको मुर्तिको खुट्टासम्म पानी सतह बढ्यो ।

युनान प्रान्तमा पहिरोले घर बगाउँदा पाँच जना व्यक्ति वेपत्ता भएका छन् ।

चीनमा यो वर्ष बाढीबाट दुई सयभन्दा बढीले ज्यान गुमाएका छन्, भने २५ बिलियन डलर बराबरको क्षती पुगेको छ ।

उक्त मूर्ति ७१ मिटर अग्लो छ। सच्वान प्रान्तको चङ्दुनजिकै एउटा पहरामा आठौँ शताब्दीमा बनाइएको उक्त मूर्ति यूनेस्को सम्पदा सूचीमा समाविष्ट छ ।

नदीमा पानीको सतह प्रायः मूर्तिभन्दा धेरै तल हुन्छ । तर अहिले उक्त क्षेत्रमा ७० वर्षकै सबैभन्दा नराम्रो बाढी आएको छ ।

उक्त क्षेत्रबाट एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

बुद्धको मूर्ति पर्यटकीय आकर्षण बनेको छ । याङ्त्सी नदी र थ्री गोर्जेजमा उक्त क्षेत्र हुँदै डुङ्गायात्रा गराइन्छ ।

सिन्ह्वा समाचारसंस्थाका अनुसार बुद्धको पाउमा पानी पुग्दा चङ्दु डुबानमा पर्ने स्थानीय मान्यता छ ।

सच्वान प्रान्तमा केही हप्तादेखि ठूलो वर्षा भइरहेको छ। तत्काल वर्षा रोकिने सम्भावना नभएको बताइन्छ ।

याङ्त्सी नदीबाट जलविद्युत् निकाल्न बनाइएको थ्री गोर्जेज ड्यामबाट ठूलो परिमाणमा पानी आउन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।

त्यसबाट चुन्चिङसहित विभिन्न स्थान डुबानमा पर्न सक्ने बताइएको छ ।