भारतमा फेरि थपिए ५४ हजार बढी कोरोना संक्रमित, २४ घण्टामा ८५२ को मृत्यु

कृपैया थप अपडेट तथा ताजा समाचारको लागी तल दायाँ तर्फ रहेको BELL ICON मा PRESS गर्न नबिर्सिनु होला।

काठमाडौं: भारतमा कोरोना संक्रमितको संख्या साढे १७ लाख नाघेको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५४ हजार ८६५ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १७ लाख ५१ हजार ९१९ पुगेको छ ।

भारतमा तीन दिनमा मात्रै १ लाख ६७ हजार ५३५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ११ लाख ४६ हजार ८७९ संक्रमणमुक्त भएका छन् भने ५ लाख ६७ हजार ६३७ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८५२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३७ हजार ४०३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।